धनगढी जेसीजको अध्यक्षमा ओझा विजयी
धनगढी । धनगढी जेसीजको अध्यक्षमा महेश्वर ओझा (महेश) निर्वाचित भएका छन् । शनिबार धनगढीमा सम्पन्न ४३औँ शाखा अधिवेशनबाट ओझा वर्ष २०२६ का लागि अध्यक्षमा चयन भएका हुन् ।
अध्यक्ष पदका लागि भएको निर्वाचनमा ओझाले ४९ मत प्राप्त गर्दै प्रतिद्वन्द्वी मनिष कुँवरलाई पराजित गरे । कुँवरले ४० मत प्राप्त गरेका थिए । अध्यक्षका अर्का उम्मेदवार आशिष शाहले ओझालाई समर्थन गरेका थिए ।
नवनिर्वाचित अध्यक्ष ओझाले धनगढी जेसीजलाई देशकै नमुना संस्थाका रूपमा विकास गर्न आफूले सक्दो योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रतिक्रिया