गोदावरी नगरपालिकाले दरबन्दी भन्दा बढी स्वास्थ्यका कर्मचारी फिर्ता पठाउने

  सोमबार १८, असार २०८० १४:३२

धनगढी । कैलालीको गोदावरी नगरपालिकाले आर्थिक अभाव देखाउँदै दरबन्दी भन्दा बढी भएका तथा फाजिलमा रहेका स्वास्थ्य तर्फका कर्मचारीहरुलाई साउनदेखि तलब भत्ता खुवाउन नसक्ने जनाएको छ।

नेपाल सरकारले आगामी आर्थिक वषदेखि स्वीकृत दरबन्दी भन्दा बढी कर्मचारीको तलब भत्ता दिन नसकिने उल्लेख गरेको  र नगरपालिकाको आन्तरिक श्रोत पनि  निकै कम भएको भन्दै नगरपालिकाले  दरबन्दी भन्दा बढी भएका तथा फाजिलमा रहेका स्वास्थ्य तर्फका कर्मचारीहरुलाई तलब भत्ता खुवाउन नसक्ने जनाएको हो।

साथै नगरपालिकाले  २०८० असार मसान्तसम्म दरबन्दी भन्दा बढी भएका तथा फाजिलमा रहेका कर्मचारीहरुले आफ्नो व्यवस्थापन आफै गरि यस नगरपालिकालाई सहयोग गर्न आग्रह गरेको छ।

नगरपालिकाले स्वास्थय तथा जनसंख्या मन्त्रालयलाई पत्र लेख्दै  दरबन्दी भन्दा बढी भएका तथा फाजिलमा रहेका स्वास्थ्य तर्फका कर्मचारीहरुलाई  मन्त्रालयमा  फिर्ता पठाइएको जनाएको छ।

No description available.

clock सोमबार १८, असार २०८० १४:३२

प्रतिक्रिया