कस्तो रहला आज देशभरको मौसम ?

  बुधबार २४, मङि्सर २०८२ ०७:५२

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

अहिले गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा  मौसम मुख्यतया सफा रहने छ । 

आज राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । 

clock बुधबार २४, मङि्सर २०८२ ०७:५२

प्रतिक्रिया