कञ्चनपुरको शुक्लाफाँटामा आयुर्वेदिक अस्पताल निर्माण हुने

  शनिबार १६, असार २०८० ०७:४७

कञ्चनपुर । कञ्चनपुरमा प्रादेशिक आयुर्वेदिक अस्पताल निर्माण हुने भएको छ। जिल्लाको शुक्लाफाँटा नगरपालिका–११ स्थित अमरपुरमा प्रादेशिक आयुर्वेदिक अस्पताल निर्माण हुने भएको हो।

प्रादेशिक आयुर्वेदिक अस्पताल निर्माणका लागि आवश्यक प्रक्रिया अगाडी बढाइएको हो। अमरपुरमा करिब ३ विघामा १ सय शैयाको अस्पताल निर्माण हुनेछ। अस्पतालको डीपिआरलगायतको काम गर्न आयुर्वेद विभागले ३ करोड बजेट विनियोजन गरेको प्रादेशिक आयुर्वेदक निर्देशनालय कैलालीका निमित्त निर्देशक सूर्य उपाध्यायले बताए।

दुई वर्ष अगाडी सरकारले ७ वटै प्रदेशमा आयुर्वेद अस्पताल निर्माण गर्ने निणर्य गरेको थियो। सुदूरपश्चिममा शुक्लाफाँटा आयुर्वेदिक अस्पताल निर्माणका लागि छनौट भएको थियो। जग्गा प्राप्त नहुँदा अस्पताल निर्माणमा ढिलाइँ भइरहेको थियो।

clock शनिबार १६, असार २०८० ०७:४७

प्रतिक्रिया