खेल क्षेत्रलाई प्राथमिकता साथ अगाडि बढाउँछौं : मुख्यमन्त्री शाह
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले खेल क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकताका साथ अगाडि बढाउने बताएका छन् ।
कैलालीको बौनियाँमा मङ्गलबार फुटबल प्रतियोगिताको उद्घाटन गर्दै उनले खेलकुदको विकासका लागि स्पष्ट नीति तथा खाका तयार गरेर अगाडि बढ्ने उल्लेख गरे ।
उनले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने माध्यम खेलकुद बनेको उल्लेख गरे । खेल क्षेत्रको विकासका लागि तीनै तहका सरकारले पर्याप्त बजेट सुनिश्चित गर्नु पर्ने उनको भनाइ थियो ।
प्रतिक्रिया