आयोगद्वारा कार्यक्रमको एकीकृत पुस्तक हस्तान्तरण

  मङ्गलबार ०२, मङि्सर २०८२ ०७:१७

धनगढी । सुदूरपश्चिम प्रदेशको नीति तथा योजना आयोगले प्रकाशन गरेको चालु आर्थिक वर्षको वार्षिक विकास कार्यक्रमको जिल्लागत एकीकृत पुस्तक मुख्यमन्त्री कमलबहादुर शाहलाई हस्तान्तरण गरेको छ । 

आयोगका उपाध्यक्ष डा. जीवन रानाथारुले आयोगको पुस्तक मुख्यमन्त्री शाहलाई हस्तान्तरण गरीन् । पुस्तक ग्रहण गर्दै मुख्यमन्त्रीले पुस्तकले प्रदेश सरकार र नागरिकबिच विकासको सेतुको रुपमा काम गर्ने बताए ।

प्रदेश सरकारको आर्थिक मामिला मन्त्रालयले प्रदेश सभाबाट वार्षिक बजेट पारित भएपछि वार्षिक विकास कार्यक्रम प्रकाशन गर्ने परम्परा रहि आएको छ ।

यसवर्षदेखि प्रदेश नीति तथा योजना आयोगले नौ वटै जिल्लाका जिल्ला समन्वय समिति, ८८ वटै पालिकाको जिल्लागत कार्यक्रम, नीति तथा कार्यक्रम, आर्थिक विनियोजन विधेयक, कार्यक्रम र बजेटलाई समेटेर पुस्तक प्रकाशन गरेको छ ।  

clock मङ्गलबार ०२, मङि्सर २०८२ ०७:१७

प्रतिक्रिया