कैलालीको साडेपानीमा स्थानीयले गरे पूर्वपश्चिम राजमार्ग अवरुद्ध

  आइतबार २३, कार्तिक २०८२ १२:१४

धनगढी । कैलालीको घोडाघोडी नगरपालिका–२ को साडेपानीमा स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।

आइतबार बिहान तरकारी बोकेको लु २ च २३५८ नम्बरको जिपले ठक्कर दिदा बर्दगोरिया गाउँपालिका–६ का ५५ वर्षीय शंकर डगौराको मृत्यु र अन्य तीन जना घाइते भएको घटनाको विरोधमा स्थानीयले राजमार्ग अवरुद्ध गरेका हुन् ।

उनीहरुले दोषीलाई कारवाही र पीडितलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग राख्दै बिहानैदेखि राजमार्ग अवरुद्ध गरेपछि सवारी साधन आवागमन रोकिएको प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर जोराले बताए ।

उनकाअनुसार स्थानीयको अवरोधका कारण विभिन्न गन्तव्यका लागि छुटेका सवारीसाधन साडेपानीमा रोकिएका छन् । जिप चालकलाई भने प्रहरीले बिहानै नियन्त्रणमा लिएको थियो । 

जिपको ठक्करबाट घाइते भएका तीन जनाको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ । उनीहरु मध्ये एक जनाको अवस्था गम्भीर छ ।

clock आइतबार २३, कार्तिक २०८२ १२:१४

प्रतिक्रिया