माया मेट्रो हस्पिटलद्वारा कैलाली प्रहरीलाई चेकिङ बोर्ड हस्तान्तरण

  शनिबार १३, मङि्सर २०८२ १९:४६

धनगढी । माया मेट्रो हस्पिटल प्रा.लि. ले जिल्ला प्रहरी कार्यालय कैलालीलाई ट्राफिक व्यवस्थापन तथा दुर्घटना न्यूनीकरणमा सहयोग पुर्‍याउने उद्देश्यले चेकिङ्ग बोर्ड प्रदान गरेको छ । 

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पतालले उपलब्ध गराएको चेकिङ्ग बोर्डले अब प्रहरीले सवारीसाधन चेकजाँचलाई अझ व्यवस्थित र सुरक्षित बनाउँदै लैजाने अपेक्षा गरिएको छ।

गत भदौ २२ र २३ गते भएको जेन्जी आन्दोलनका क्रममा प्रहरीले प्रयोग गर्दै आएका विभिन्न पोष्टहरू क्षति ग्रस्त हुनुका साथै चेकिङ्ग बोर्डहरू समेत नष्ट भएका थिए। यस कारण ट्राफिक चेकजाँचमा कठिनाइ भएको प्रहरीले जनाएको थियो। 

यही अवस्थालाई मध्यनजर गर्दै माया मेट्रो हस्पिटलका अध्यक्ष धिरेन्द्र सावदले जिल्ला प्रहरी कार्यालयमा पुगेर प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहलाई चेकिङ्ग बोर्ड हस्तान्तरण गरे ।

चेकिङ्ग बोर्ड प्राप्त गरेपछि डीएसपी सिंहले अस्पतालको सहयोगले अब सवारीसाधन चेकजाँच कार्य सहज र प्रभावकारी बन्ने विश्वास व्यक्त गर्दै माया मेट्रो हस्पिटल परिवारलाई धन्यवाद व्यक्त गरे ।

clock शनिबार १३, मङि्सर २०८२ १९:४६

प्रतिक्रिया