दार्चुलाको दुहु गाउँपालिका ५ का वडा अध्यक्षको निधन

  सोमबार ११, असार २०८० १२:३५

दार्चुला । दार्चुलाका एक वडाध्यक्षको निधन भएको छ। जिल्लाको दुहु गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्षको निधन भएको हो।

वडाध्यक्ष मनोरथ भट्टको सोमबार बिहान निधन भएको प्रहरीले जानकारी दिएको छ। आइतबार स्वास्थ्यमा समस्या देखिएपछि भट्ट जिल्ला अस्पताल दार्चुला गएका थिए।

जिल्ला अस्पताल दार्चुलामा उपचार सम्भव नभएपछि थप उपचारका लागि धनगढी रेफर गरिएको थियो। तर भट्टलाई सोमबार बिहान धनगढी ल्याउने क्रममा निधन भएको प्रहरीले जनाएको छ। शैल्यशिखर नगरपालिकाको बगौरामा उनको निधन भएको बताइएको छ।

भट्टको शव अहिले जिल्ला अस्पताल दार्चुलामा राखिएको छ। उनको आजै दाहसंस्कार हुने पारिवारिक स्रोतको भनाई छ। भट्ट नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए।

दुहुँ गाउँपालिकाले वडा अध्यक्षको निधनको शोकमा आज सार्वजनिक बिदा दिएको छ। 

clock सोमबार ११, असार २०८० १२:३५

प्रतिक्रिया