धनगढी जेसिसद्धारा धनगढीमा सचिवालयको उद्घाटन
धनगढी । कैलालीको धनगढीमा धनगढी जेसिसको सचिवालय उद्घाटन भएको छ । धनगढी जेसिस २०२५ का अध्यक्ष सेनेटर लोकराज भट्टको अध्यक्षतामा भएको उद्घाटन समारोहमा प्रमुख अतिथि नेपाल जेसिसका राष्ट्रिय अध्यक्ष सिनिटर रजनी थापा रहनु भएको थियो ।
थापाले एक सहमारोहका विच रिबन काटेर धनगढीको जेसिस स्कुलमा सचिवालको उद्घाटन गरेको धनगढी जेसिसका महासचिव आशिस शाहले जानकारी दिए । सचिवालय उद्घाटन सहमारोहमा धनगढी जेसिसका पूर्व अध्यक्षहरु, धनगढी लेडी जेसिसका अध्यक्ष तथा पदाधिकारीको सहभागिता रहेको थियो ।
कार्यक्रममा धनगढी जेसिसका देशका अध्यक्ष सिनेट लोकराज भट्टले धनगढी जेसिले आज सम्म सामाजिक तथा युवाहरुका क्षेत्रमा खेलेको भुमिका बारेमा प्रष्ट पारेका थिए । उनले प्रत्येक मानिस भित्र प्रतिभा हुन्छ र उक्त प्रतिभालाई प्रस्फुटन गराउन उपयूक्त वातावरण तथा अवसरको आवश्यकता पर्दछ।
जेसिज त्यस्तो संस्था हो जसले आफना सदस्यहरुलाई उपयुक्त अवसरहरु उपलब्ध गराएर उनीहरुमा अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गराउने काम गरिरहेको जानकारी दिए । व्यक्तित्व विकास गरी नेतृत्व दिन सक्षम बनाउँन र एक असल नागरिक बनाउने प्रयत्न जेसिसले गरेको उनको बताए ।
प्रतिक्रिया