बैतडीमा किशोरीलाई करण गरेको आरोपमा किशोर पक्राउ

  सोमबार २७, असोज २०८२ ०७:०५

धनगढी । बैतडीमा एक किशोरीलाई जबरजस्तस्ती करणी गरेको अभियोगमा एक किशोर पक्राउ परेका छन्।

जिल्लाको पाटन नगरपालिका–६ भडालीका १९ वर्षीय रोहित लुहार १९ वर्षकी किशोरीलाई करणी गरेको अभियोगमा पक्राउ परेका हुन्। उनी आइतवार बिहान पक्राउ परेका प्रहरीले बताएको छ।

उनले किशोरीलाई करणी गरेको भन्दै उजुरी दार्ता भएपछि इलाका प्रहरी कार्यालय पाटनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

clock सोमबार २७, असोज २०८२ ०७:०५

प्रतिक्रिया