कैलालीमा होटलमा खाना खाइरहेका युवकमाथि चक्कु प्रहार

  सोमबार २७, असोज २०८२ ०८:४७

धनगढी । कैलालीमा चक्कु प्रहारबाट एक युवक घाइते भएका छन् ।

गएराति गोदावरी नगरपालिका–४ मा रहेको शुभम होटलमा खाना खाइरहेका बेला डडेल्धुराको नवदुर्गा गाउँपालिका-२ का ३२ वर्षीय गौरव ऐरमाथि चक्कु प्रहार भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले होटलमा खाना खाइरहेका बेला प्रवेश गरेको एक समूहले ऐरमाथि चक्कु प्रहार गरेको बताए ।

उनकाअनुसार घाइते अवस्थाका ऐरलाई थप उपचारका लागि भारत पठाइएको छ । राति पौने १२ बजेतिर होटलमा ४/५ जनाको समूहमा पुगेकाहरूले उनीमाथि चक्कु प्रहार गरेका थिए ।

उनीहरूको पहिचान खुलिसकेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

clock सोमबार २७, असोज २०८२ ०८:४७

प्रतिक्रिया