धनगढीबाट भन्सार छलेर ल्याएको जेसिबीको पार्टपुर्जा बरामद
धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मिलनचोकबाट भारतबाट भन्सार छलेर ल्याएको जेसिबीको पार्टपुर्जा बरामद भएको छ।
प्रहरी टोलीले करिब ४० हजार मूल्यको पार्टपुर्जा बरामद भएको जनाएको छ।
आइतवार त्रिनगर प्रहरी चौकीबाट खटिएको प्रहरीले टोलीले बेवारिसे सामान बरामद गरेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया