जेन्जि आन्दोलन ब्यक्तिगत महत्वकांक्षाको शिकार बन्ने खतरा
५/७ बर्ष आगाडी सम्म युवाहरू "राजनीतिलाई फोहोरी खेल भन्थे।" अनि युवा राजनीति दलका पेशेवर संगठनको हातमा थियो। उनिहरुसंङ्ग आतंकित हुनुपर्थ्यो। कहिले काहीँ एउटै ढोकामा ६ वटा ताला लगाउंथे उनिहरु। त्यस्का विरुद्ध कोहि बिल्दैनथे।
२०८२ सालमा अचानक जेन्जीहरुको आन्दोलन भयो, भ्रस्टाचारको विरुद्धमा। तर देशको बिदेश नीतिको अस्वस्थ अवस्था, कृषि उत्पादनको कन्तबिजोग, उद्धोगको बिस्तार र आधुनिकीकरण, शिक्षाको पतन्मुखी गुणस्तर, बिद्यार्थीको पलाएन, संस्कृतिमाथीको अतिक्रमण, र जीवनका प्रत्यक पक्षमा नव उपनिवसवादको विरुद्धमा कतै कुनै आवाज र सरोकार भने यस आन्दोलनले मुखरीत गर्न सकेन। यो आन्दोलनलाई हाइज्याक गर्ने तत्व हावी देखियो। आन्दोलन केवल सत्ता परीवर्तन तर्फ केन्द्रीत भयो। आन्दोलनमा सरीक हुने व्यक्तिहरुमा केवल "नेतृत्व प्रती बिद्रोह देखियो।" त्यो बिद्रोह संङ्ग "कस्तो समाज बनाउने भन्ने कुनै योजना देखिएन। आन्दोलनमा आंउन उहाँहरुले अनुरोध सबैलाइ अनुरोध गर्नु भएन र कुनै रणनीतिक बिचार पनि थिएन।" सायद त्यस्कै परीणाम आन्दोलनमा ठूलो घुस्पैठ भयो, र अब त बिदेशी पत्रीकाले पनि लेखे "विध्वंस स्वतस्फूर्त थिएन।"
१. बिद्रोहका नामका सबै बिध्वंसका वाब्जुद मलाइ युवाहरू राजनीतिको मैदानमा आएको कुराले खुसी पारी रहेको थियो। लाग्यो, "देशका लागि भविस्यको नेतृत्व बन्दैछ, र देश भोलि उन्नत बिचारशिल व्यक्तिको नेतृत्वमा अगाडी जानेछ।" तर खोइ? देश त अलमलिएको छ। जेन्जीका समुहको "मन्त्री खोजको दौडमात्र" देखिन्छ।
२. मनोविज्ञान के देखिन्छ भने " देश काठमाडौ मात्र हो।" अझ, देश बनाउन चाहिने भनेको "बिद्रोही उदन्डता मात्र हो।" देश बनाउन सोच र योजना चाहिन्छ। केही जटिलता छ्न, जस्तै (१) संसारका शक्ति रास्ट्र बनिसकेका दुइटा छिमेकीका बिचको संबन्धलाइ कसरी संतुलन गर्ने, (२) आयातमा आधारित उत्पादनहिन अर्थतन्त्रको उद्धार कसरि गर्ने, (३) कुसंस्कारमा उभिएको राजनीतिक प्रणालीको प्रतिस्थापन कसरी गर्ने, (४) संस्कृति, सभ्यता र मौलिक सद्भाव विरुद्ध तयार पारीएको उत्पादन प्रती बिमुख र रोजगारबिहिन शिक्षा कसरी परीवर्तन गर्ने, लगाएतका अनेक प्रश्न छ्न। तर बर्तमान जेन्जी आन्दोलन यसतर्फ कतै संवादमा छैन र सरोकार पनि देखिन्न। सबैलाई मात्र "प्रत्यक्ष निर्वाचन चाहीएको छ।" अर्थात कंही कतै "एक थान प्रत्यक्ष प्रधानमन्त्री स्थापित गर्ने योजना बनिबनाउ छ।" अर्कातिर हेर्यो, जेन्जीको कतै संगठन छैन, र "जताततै बिदेशीले स्थापना गरेको संगठनका सदस्य" को जमात छ। अहिले सम्ममा एउटा कुरा त स्पष्ट छ, त्यो हो, "नेपालमा नियन्त्रीत अस्थिरता" निर्माण गर्ने शक्तिहरुको प्रतिस्पर्धा चलिरहेको छ।
३. प्रस्न देशको स्वाधीनताको छ। तर सतहमा लंडाइ "राजा ल्याउने कि नल्याउने र राजनीति दलहरुमा नेतृत्व परीवर्तन हुने कि नहुने" भन्ने कुरामा छ। यो लंडाइमा राजसंस्थाका "राजा पुनर्स्थापित गर्ने कि नगर्ने र दलका राजाहरु यथावत रहनेकि नरहने" छ्लफल मात्र छ। दलका राजाहरु मरुन्जेल गद्दी नछोड्ने पक्षमा छ्न। राजसंस्थाका राजा पुनर्स्थापित गर्ने कि नगर्ने संबन्धमा योजना आन्दोलनको मात्र छ "छलफल र रास्ट्रीय एकता निर्माणको योजना छैन।" तर, दलका राजाहरु बिस्थापित भएर अरु आएपनी र राजसंस्था पुनर्स्थापित भएपनी नेपालले अहिले भोगीरहेको "भुराजनिती" को खतर्नाक ताप आफैं संबोधन हुने छैन। अत: मुल प्रश्न त देशको स्वाधीनताको हो। त्यो स्वाधीनताको कुरा कंहि कतै "पत्रकार दिवाकर साहले उठाइरहेको प्रश्नले बोलीरहेको छ?
यो जटिल अवस्थामा असंगठित जेन्जी आन्दोलन आपसमा टुटफुट र आफ्नो दम्भका खेलमा बिदेशीकै गोटि भएर सकिने खतरा देखिदैंछ।
उनीहरुको आन्दोलनमा उनिहरुले बौद्धिक र अन्य तप्काका जनतालाई जोड्ने चाहना राखेको देखिंदैन। यो आन्दोलनभित्र बाहिर जे देखिएपनी कुनै शक्ति कसैलाई स्थापित गर्न चाहन्छ भन्ने देखिन्छ र "त्यो जेन्जी भने पक्कै होइन।" जेन्जीलाई प्रधानमन्त्री र मन्त्री बंनाउदैमा समस्या समाधान हुने पनि होइन, देशले अहिले खोजीरहेको कुरा त (१) देशभक्त, प्रगतिशील र समाजिक उदारवादीहरु बिचको एकता हो, (२) सार्वजनिक क्षेत्रको व्यवस्थापनमा उत्पादन र ब्यापारमा नागरिकहरुको लागानी वा निजि अर्थतन्त्र र बस्तु बजारको बिस्तार र संरक्षण हो, (३) कृषि उत्पादनको उत्थान र कृषको संरक्षण हो, (४) शिक्षाको नव उपनिवेशिकरणको अन्त र यस्को उत्पादनशिल गुणस्तरको बिकास हो, र (५) देशलाई राजनीति कुसंस्कार र भ्रष्टाचारबाट मुक्त गर्नु हो। यी रणनीतिक उदेश्य पुरागरेर देशको स्वाधीनताको संरक्षण नै जेन्जीको भुमिका हो भनेर कस्ले बुझाउने वा त्यो बुझाउने आंट कस्ले गर्छ? यो प्रश्न उनुत्तरीत रह्यो भने देशले अझ अर्को बिद्रोह जन्माउने छ जस्ले देश पराधिन हुन सक्ने छ।
प्रतिक्रिया