अविरल वर्षाले भारतका विभिन्न क्षेत्र जलमग्न, केदारनाथ यात्रामा रोक

  सोमबार ११, असार २०८० ०६:३८

काठमाडौं  । अविरल वर्षाका कारण भारतका विभिन्न क्षेत्र जलमग्न भएका छन् । 

हिमाञ्चल प्रदेशको रामपुरदेखि उत्तराखण्डका ७ जिल्लामा भारी वर्षाका कारण अलर्ट जारी गरिएको छ । वर्षाकै कारण केदारनाथ यात्रा रोकिएको छ ।

वर्षाका कारण किसानको खेतीपातीमा समेत क्षति पुगेको छ । उत्तराखण्डको रुद्रपुरमा भारी वर्षा हुँदा सोनप्रयागमा केदारनाथ यात्रा रोकिएको छ । 

देहरादून, नैनिताल, चम्पावत, पिथौरागढ, बागेश्वर, टिहरी र पौडीमा अलर्ट जारी गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

clock सोमबार ११, असार २०८० ०६:३८

प्रतिक्रिया