सुदूरपश्चिम प्रदेश प्रहरीका ११ गाडी काठमाडौँ पठाइयो

  शुक्रबार २४, असोज २०८२ ०५:५६

धनगढी । सुदूरपश्चिमबाट प्रहरीले ११ वटा गाडी प्रहरी प्रधान कार्यालय काठमाडौँ पठाइएको छ।

जेन्जी आन्दोलनका क्रममा प्रहरीका सवारीसाधनमा आगजनी भएपछि हेडक्वाटरले प्रदेश प्रहरीलाई गाडी पठाउन निर्देशन दिएको थियो।

सोहि निर्देशन अनुसार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीका ११ गाडी पठाइएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र मातहतका विभिन्न युनिटले सञ्चालन गर्दै आएका ११ वटा गाडी काठमाडौँ पठाइएको हो।

 

clock शुक्रबार २४, असोज २०८२ ०५:५६

प्रतिक्रिया