बाजुराको पाँडीका महिलालाई कोदो टिप्न चटारो
बाजुरा । बाजुराको पूर्विउत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिका–६ पाँडीका महिलाहरुलाई यती बेला कोदो टिप्न चटारो परेको छ ।असारमा लगाएको कोदो यती बेला पाकेपछि यहाँका महिलाहरुलाई टिप्न चटारो परेको हो ।
पाँडीका स्थानीय कोदो कतै बिक्री नहुने भएकाले पहिला उनीहरु आफुलाई खानलाई मात्र कादो खेती गर्ने गरेका थिए । तर, अहिले यहाँको कोदो देशका विभिन्न सहरमा माग बढ्दै गएपछि यहाँका किसानले कोदो खेती बढि गर्न थालेका छन् ।
अहिले यहाँका स्थानीयले एक परिवारले झण्डै पाँचदेखि आठ क्वीन्टल कोदो उत्पादन गर्ने गरेका छन् ।
कृषि ज्ञान केन्द्र बाजुराले यसको महत्त्वबारेमा किसानलाई जानकारी गरेसँगै यहाँका स्थानीय तहले सरकारी कार्यालयमा कोदोको परिकारको खाजा अनिवार्य गरेपछि पाडीवासीहरुले पनि कोदो खेती बढी गर्न थालेका हुन् ।
पहिला बाटो थिएन । गाउँमा बिक्री हुँदैन थियो । आफुलाई खानलाई मात्र कोदो खेती गर्ने गरेका थियौ । तर अहिले कोदोको माग हुन थालेपछि कोदो खेती गर्न थालेको हिमाली गाउँपालिका –६ पाँडाकी जमुना बोहराले बताउनुभयो ।
उहाँले भन्नुभयो, “गाउँमा अन्य अन्नबाली भन्दा राम्रो कोदो खेती हुन्छ । यहाँको कोदो राम्रो हुने गरेकाले यती बेला बाहिरदेखि व्यवापरी कोदो किन्न घरमै आउने गर्छन् । उनीहरु कात्तिक र मङ्सिरमा कोदो सङ्कलन गर्न सुरु गर्दछन् । त्यसैले समयमै कोदो टिपेर सुकार्ई राख्नका लागि अहिले कोदो टिप्न लागालाग भएको छ ।”
राम्रोसँग सुकाएर राखेको कोदोलाई एक किलोको झण्डै साठी रुपियाँमा बिक्री गर्ने गरेको बोहराले बताउनुभयो । पाँडीमा झण्डै १४० परिवार बसोबास गर्ने गर्दछन् । पछिल्लो समय उनीहरु सबै कोदो खेती गर्दछन् । यहाँका स्थानीयले पछिल्लो समय झण्डै एक हजार १६० क्वीन्टल कोदो उत्पादन हुन्छ ।
अन्य ठाउँको कोदोभन्दा यहाँको कोदो स्वास्थ्यका लागि निकै उत्तम हुन्छ । भेडाबाख्राको गौत गोबरबाट उत्पादन गरेकाले यहाँका कोदो स्वास्थ्यका लागि उत्तम हुने गरेको छ । यहाँ प्रायः भेडाबाख्रा पालन गर्दछन् । कोदो खेतीमा त्यसैको मल जमिनमा हाल्ने गर्छन् ।
कोदो मानव स्वास्थ्यका लागि निकै उपयोगी छ । प्रत्येक १०० ग्राम कोदोमा प्रोटिन ७।६ ग्राम फ्याट १।५ ग्राम कार्बोहाइड्रेट ८८ ग्राम क्यालसिएम ३७० ग्राम भिटामिन ०।४८ मिलिग्राम थाइमिन ९बि१० ०।३३ मिलिग्राम राइबोफ्ल्याबिन ९बि२० ०।११ मिलिग्राम नाइसिन९बि३० स् १।२ मिलिग्राम फाइबरः ३ ग्राम १ पौष्टिक तत्वहरु पाईने कृषि प्राविधिक बताउँछन् ।
गत वर्षमा यहाँको हिमाली, स्वामिकार्तिक खापर, जगनाथ, बुढीनन्दा, बडीमालिका, गौमुल, बुढीगङ्गा त्रिवेणी र खप्तड छेडेदह लगायतका ठाउँमा उत्पादन भएको कोदो देशका विभिन्न सहरमा पुग्छ ।
कोदो खेती स्थानीयको जीविकोपार्जन गर्न सहज देखिएकाले स्थानीय तहले कोदो खेतीमा उत्प्रेरित गर्दै आएका छन् । यस जिल्लामा दुई लाख ३० हजार ३७ हेक्टर जमिनमध्ये २२ हजार हेक्टर खेतीयोग्य छ । त्यसमध्ये पाँच हजार २३५ हेक्टर जमिन वर्षभरि सिँचाइ सुविधा उपलब्ध छ ।
त्यसमा कोदो खाद्यान्न उत्पादनको योगदान २२।६२ प्रतिशत मात्र रहेको कृषि ज्ञान केन्द्रका प्रमुख जसिराम साहनीले बताउनुभयो ।
प्रतिक्रिया