कैलालीमा फरार कैदीलाई फर्किन दिइएको समय सकियो

  शुक्रबार २४, असोज २०८२ ०५:४२

धनगढी । कैलालीमा फरार कैदीबन्दीलाई सम्पर्कमा आउन दिइएको अवधि सकिएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै जेन्जी आन्दोलनका क्रममा फरार भएका कैदीबन्दीलाई सम्पर्कमा असोज २० गतेसम्मको समय दिएको थियो।

उक्त अवधि सकिएको आज तेस्रो दिन हो । तर, २४ भदौमा भागेका तीन सय आठ जना कैदीबन्दी अझै फरार छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार अहिलेसम्म तीन सय ६४ जना कैदीबन्दी भने कैलाली कारागार फर्किएका छन् । 

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले २० गतेसम्म पनि सम्पर्कमा नआएका कैदीबन्दीलाई अब थप कारबाहीको प्रक्रिया अगाडि बढ्ने बताए।

उनका अनुसार कारागार ऐन २०७९ र प्रचलित कानुन बमोजिम थप कारबाही हुने छ। फरार कैदीबन्दीलाई लुकाउने र आश्रय दिनेलाई पनि कारबाहीको दायरामा ल्याइने जोशीले बताए।

यस्तै, सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा फरार बन्दी खोजी तथा पक्राउ कार्यदल यसअघि नै गठन भइसकेको छ।

clock शुक्रबार २४, असोज २०८२ ०५:४२

प्रतिक्रिया