सुदूरपश्चिम विश्वविद्यालयका विभिन्न संकायमा नयाँ डीन तथा पदाधिकारी नियुक्त

  बिहिबार ०२, असोज २०८२ १५:२६

धनगढी । सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत विभिन्न संकायमा नयाँ पदाधिकारीहरूको नियुक्ति भएको छ। जसअन्तर्गत व्यवस्थापन संकायको डीनमा प्रा.डा.  पदम राज जोशी पुनः नियुक्त भएका छन्। उनि यस अघि पनि वि.सं. २०७८ देखि व्यवस्थापन संकायको डीन रहेका थिए। 

उनि कैलाली बहुमुखी क्याम्पसका पुर्व क्याम्पसप्रमुख पनि हुन्। यस्तै  विज्ञान तथा प्रविधि संकायको डीनमा कैलाली बहुमुखी क्याम्पसका सह–प्राध्यापक एवं युवा वैज्ञानिक डा।प्रेमसिंह साउद नियुक्त भएका छन्। उनि नेपाल सरकारबाट राष्ट्रिय शिक्षा पुरस्कार‑२०८१ बाट सम्मानित भएका थिए।

त्यस्तै, स्कुल अफ फरेष्ट अन्तर्गत प्राकृतिक स्रोत व्यवस्थापन तथा वन विज्ञान संकायमा उप–प्राध्यापक शिद्धराज पन्तलाई डीनको जिम्मेवारी दिइएको छ। उनि पनि कैलाली बहुमुखी क्याम्पसमा प्रानध्यपनरत थिए।  

यसैबिच, कैलाली बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा सह–प्राध्यापक डा। लोकबहादुर बिष्ट नियुक्त भएका छन्। आज सुदूरपश्चिम विश्वविद्यायलका उपकूलपति प्रध्यापक डा। हेमराज पन्त  र रजिष्ट्रार प्रा।डा। विनोद लेखकले नव नियुक्त सबै पदाधिकारहिरुलाई नियुक्ति पत्र प्रदान गर्दै वधाई र शुभकामना व्यक्त गरेका थिए। 

clock बिहिबार ०२, असोज २०८२ १५:२६

प्रतिक्रिया