जेन–जीलाई बालेनको आग्रह- संसद विघटनपछि मात्रै वार्तामा बसौं

  मङ्गलबार २४, भदौ २०८२ १५:४९

काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन साहले संसद् विघटनको माग गरेका छन्। 

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदर्शन उग्र बनेपछि राजीनामा दिएपछि सामाजिक सञ्जालमार्फत उनले यस्तो आह्वान गरेका हुन्।

उनले अब नयाँ नेतृत्वका लागि सबै पक्षहरुसँग वार्ता गर्नुपर्ने तर त्यसअघि संसद विघटन हुनुपर्ने बताएका हुन्

सोमबारदेखि सुरु भएको प्रदर्शन मंगलबार थप उग्र बनेपछि प्रधानमन्त्री ओलीले राजीनामा दिएका थिए। 

यस्तो छ बालेनले लेखेको विषय:

हामीले स्पष्ट रूपमा भनेका थियौं । यो नितान्त Gen Z को आन्दोलन हो ।
प्रिय Gen Z, तपाईंहरूको हत्याराको राजीनामा आइसकेको छ । अब संयमित हुनुहोला ११
देशको जनधनको क्षति भनेको तपाईं हाम्रै सम्पत्तिको क्षति हो ।
तपाईं–हामी अब संयमित हुनु जरुरी छ ।
अब तपाईंको पुस्ताले नै देशको नेतृत्व गर्नु पर्नेछ ।
तयार रहनुहोला !
साथै, सेना प्रमुखसँग वार्ता गर्न पनि  तयार हुनुहोला ।
तर याद रहोस् — वार्ता गर्नु अघि संसद् विघटन भएको हुनु पर्छ ।

clock मङ्गलबार २४, भदौ २०८२ १५:४९

प्रतिक्रिया