प्याब्सन गोदावरीद्धारा २ दिन शोक बिदा
अत्तरिया । निजि तथा आवाशिय विद्यालय अर्गनाईजेसन (प्याब्सन) गोदावरीले दुई दिन बिदा दिएको छ ।
काठमाण्डौमा जेन जी ले गरेको प्रदर्शनका क्रममा निधन भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्याब्सन गोदावरी नगरसमितिले २ दिन शोक बिदा दिएको हो ।
सोमबार प्याब्सन गोदावरी नगरकार्यसमितिले प्रदर्शनका क्रममा निधन भएकाहरुप्रति श्रद्धा स्वरुप मंगलबार र बुधबार शोक बिदा दिईएको जनाएको छ ।
समितिका अध्यक्ष मदनराज जोशीले प्रदर्शनका क्रममा घटेको अप्रिय घटनामा ज्यान गुमाएका जेन जी हरुप्रति श्रद्धाञ्जली अर्पण गर्न शोक बिदा दिईएको बताए ।
उनले विभिन्न शैक्षिक संगठनहरुको ऐक्यवद्धता अनुसार केन्द्रले आयोजना गरेको शोक बिदा गोदावरीमा पनि दिईएको बताए ।
प्रतिक्रिया