धनगढीमा भिडियो एक्सरेपछि अपांग शिशु जन्म, चिकित्सकको भूमिका प्रश्नमा

  सोमबार २३, भदौ २०८२ ०८:४३

धनगढी । धनगढीको सेती प्रादेशिक अस्पताल अगाडि रहेको त्रिमूर्ति मेडिको सेन्टरमा अवैध धन्दा चलाएको आरोप लागेको छ। त्यहाँ नियमित भिडियो एक्सरेमा शिशु तन्दुरुस्त रहेको भन्दै आएको भनाइका बाबजुद कञ्चनपुरको बेलौरीकी विष्णुमाया खत्रीले अपांग शिशु जन्माएकी छन्।

मेडिको सेन्टरकी डाक्टर दुर्गा गुरुङले गर्भावस्थाको नियमित जाँचमा शिशुको शारीरिक अवस्था राम्रो रहेको बताएकी थिइन्। तर शनिबार नवजीवन अस्पतालमा जन्मिएका शिशुको एक हातको औँला समेत नभएको खुलेपछि डाक्टरको दक्षतामाथि प्रश्न उठेको छ।

खत्रीको परिवारले मेडिको सेन्टरले भिडियो एक्सरेको नाममा वास्तविक अवस्था लुकाएको र ठगी गरेको आरोप लगाउँदै कानुनी उपचार खोज्ने बताएका छन्।

परिवारका अनुसार, डाक्टर गुरुङले पैँसाको लोभमा शिशुको अवस्था राम्रो भएको झुटो आश्वासन दिएको हो। त्रिमूर्ति मेडिको सेन्टरले अहिलेसम्म यस विषयमा कुनै धारणा सार्वजनिक गरेको छैन।

clock सोमबार २३, भदौ २०८२ ०८:४३

प्रतिक्रिया