जेन जी पुस्ताको आन्दोलनमा बालेनले गरे समर्थन

  आइतबार २२, भदौ २०८२ १५:४९

काठमाडौं । सोमबार राजधानी काठमाडौं लगायत देशभर स्वतः स्फूर्त रूपमा आह्वान गरिएको जेन जी पुस्ताको आन्दोलनमा काठमाडौंका मेयर बालेन्द्र साह ‘बालेन’ ले समर्थन जनाएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै सो कार्यक्रममा उमेरको हिसाबले आफू सहभागी हुन नमिल्ने तर, समर्थन रहेको उल्लेख गरेका हुन् । 

‘भोलि यो स्वतफुर्त र्यालीमा कुनै पार्टी , नेता , कार्यकर्ता , सांसद , अभियन्ताहरू आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्नु होला । म उमेर हदबन्दीको कारण जान मिल्दैन, तर उहाँहरूको कुरा बुझ्नु जरुरी छ, मेरो भरपुर समर्थन छ’, बालेनले लेखेका छन् ।

clock आइतबार २२, भदौ २०८२ १५:४९

प्रतिक्रिया