मुख्यमन्त्री शाह र गभर्नर पौडेलबिच भेटवार्ता

  बुधबार १८, भदौ २०८२ १२:५९
मुख्यमन्त्री कमलबहादुर शाह र गभर्नर डा. विश्व पौडेल छलफल गर्नुहुँदै । तस्बिर : मुख्यमन्त्रीको सचिवालय

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र नेपाल राष्ट्र बैँकका गभर्नर डा. विश्व पौडेलबिच आज भेटवार्ता भएको छ । मुख्यमन्त्री शाह र पौडेलबिच बालुवाटारमा भेटवार्ता भएको हो । 

भेटको क्रममा सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलनको बारेमा दुवैबिच छलफल भएको मुख्यमन्त्रीका प्रेस तथा जनसम्पर्क सल्लाहकार डम्मर बमले जानकारी दिनुभयो । प्रदेश सरकारले आगामी मङ्सिर १ र २ गते सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलन गर्ने तयारी गरिरहेको छ । 

सो सम्मेलनको सन्दर्भ पारेर मुख्यमन्त्री शाहसहितको सुदूरपश्चिम प्रदेश सरकारको टोली काठमाडौँ दौडाहामा छ ।  

clock बुधबार १८, भदौ २०८२ १२:५९

प्रतिक्रिया