प्रचण्ड र विप्लवबीच पार्टी एकताबारे गम्भीर छलफल

  बिहिबार ०७, असार २०८० ०९:५८

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ ।   

आज बिहान बालुवाटारमा भएको भएको प्रचण्ड–विप्लवबीचको भेटमा समाजवादी मोर्चा, माओवादी आन्दोलनको उपलब्धिको रक्षा र पार्टी एकताबारे छलफल भएको प्रधानमन्त्री दाहालकी स्वकीय सचिव गंगा दाहालले जानकारी दिइन् । 

उनका अनुसार ती विषयमाथि प्रचण्ड र विप्लवबीच ‘गम्भीर छलफल’ भएको छ । पछिल्लो समय माओवादी र विप्लव नेतृत्वको पार्टीबीच एकताको विषयमा लगातार छलफल भइरहेको छ । 

विप्लवले पनि पार्टी एकताको बाटोमा प्रवेश गरिसकेको बताइसकेका छन् । उनले पार्टी एकताबारे एक अन्तर्वार्तामा भनेका छन्, ‘हाम्रो छलफल हुन्छ, एक प्रकारले यो एकता नै हो भन्नुहोस् ।’ 

clock बिहिबार ०७, असार २०८० ०९:५८

प्रतिक्रिया