गौराले मौलिक संस्कृति : प्रदेश प्रमुख मियाँ

  आइतबार १५, भदौ २०८२ १२:५९

धनगढी । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले गौरा पर्वले नेपालको मौलिक संस्कृति र परम्पराको संरक्षण, संवद्र्धन र विकासमा टेवा पु¥याइरहेको बताएका छन् । गौरा पर्वको अवसरमा शुभकामना सन्देश दिँदै उनले गौराले आपसी प्रेम र सद्भावलाई प्रगाढ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने समेत बताएका छन् ।

पर्वले सामाजिक सद्भावसहित सम्पूर्ण नेपालीबीच भावनात्मक एकता र आपसी भाईचारा अभिवृद्धि गर्दै नयाँ उमंग र हौसलाका साथ मुलुकको प्रगतिमा अग्रसर हुने प्रेरणा प्रदान गरोस् भन्ने अपेक्षा प्रदेश प्रमुख मियाँले व्यक्त गरेका छन् । घरपरिवारबाट टाढा रहेका आफन्तहरू समेत यो पर्वमा आफ्ना घर फर्किने भएकाले पारिवारिक मिलनमा पनि यो पर्वको विशेष महत्व रहेको प्रदेश प्रमुखको भनाइ छ ।

उनले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, उत्तरोत्तर प्रगति, सुस्वास्थ्य एवम् दीर्घायुको मंगलमय शुभकामना व्यक्त गरेका छन् ।

दूरपश्चिम प्रदेशमा मनाइने गौरापर्वको मुख्य दिन आज दुर्वाष्टमी अर्थात् अठ्यावाली मनाइँदैछ । हिजो साँझ गौराघरमा भित्रयाएको गौरालाई आज बर्तालु महिलाले गौरा मन्दिरको गौराखला ९आँगन०मा लगेर पूजा गर्ने चलन रहिआएको छ । यसैबीच, गौरापर्वकै अवसरमा सुदूरपश्चिम प्रदेशमा आइतबार र सोमबार सार्वजनिक बिदा दिइएको छ ।

clock आइतबार १५, भदौ २०८२ १२:५९

प्रतिक्रिया