बडेहा बिजौरा खानेपानी र माया मेट्रो अस्पतालबिच उपचारमा छुट सम्झौता
धनगढी । धनगढीमा रहेको माया मेट्रो अस्पताल र गोदावरी नगरपालिका– १ र ६ मा रहेको बडेहा बिजौरा खानेपानी तथा सरसफाई उपभोक्ता समिति बिच उपचारमा छुट सम्झौता भएको छ ।
सोमबार अस्पतालका अध्यक्ष धिरेन्द्र सावद र खानेपानी समितिका अध्यक्ष चेतराज पन्त बिच उपचारमा छुट गर्ने सम्झौता भएको हो । खानेपानी संस्थामा आवद्ध उपभोक्ताहरुलाई अस्पतालले विभिन्न सेवाहरुमा छुट दिने सम्झौता भएको अध्यक्ष चेतराज पन्तले बताए ।
उनका अनुसार अस्पतालले खानेपानीका उपभोक्ताहरुलाई ल्याब र जनरल बेड चार्जमा २०, आईसियु, एनआईसियु र क्याबिन बेड चार्ज तथा टिएमटीरएबिपि लगायतमा १५ प्रतिशत, युएसजी, इको तथा इन्डोस्कोपी र सिटी स्क्यानमा १० प्रतिशत तथा फार्मेसी र ओटीमा ७ दशमलव ५ प्रतिशत छुट गर्ने सम्झौता भएको छ ।
उक्त सम्झौता २ वर्षसम्म जारी रहेको अध्यक्ष पन्तले बताए । उनका अनुसार खानेपानीमा आवद्ध उपभोक्ताहरुलाई उपचारमा सहुलियत होस भन्ने हेतुले अस्पतालसँग समन्वय गरी उपचारमा छुट गर्ने सम्झौता गरिएको हो ।
अस्पतालबाट सम्झौता अनुसारका सेवाहरु लिनका लागि खानेपानी संस्थाको परिचय पत्र तथा सिफारिस वा पहिचान खुल्ने कागजात ल्याउनुपर्ने सम्झौता पत्रमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया