बझाङ दुर्घटनामा घाइते मन्त्री सिंहको निधन

  मङ्गलबार ०५, असार २०८० १७:५८

धनगढी । बझाङको केदास्यु गाउँपालिका–१ को धारछडामा गाडी दुर्घटना हुँदा गम्भीर घाइते भएका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ । 

हेलीकोप्टर मार्फत नेपालगञ्ज लगिएका सिंहको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । 

सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक डीआईजी भरत बोहराले सिंहको उपचारका क्रममा मेडिकल कलेजमा मृत्यु भएको पुष्टि गरे ।

clock मङ्गलबार ०५, असार २०८० १७:५८

प्रतिक्रिया