माया मेट्रो हस्पिटलले निःशुल्क कानको जालीको अप्रेशन गर्ने

  बुधबार २८, साउन २०८२ १६:२९

धनगढी । धनगढी ३ चटकपुरमा रहेको माया मेट्रो हस्पिटलले निःशुल्क कानको जालीको अप्रेशन गर्ने भएको छ ।

अस्पतालले आर्थिक अभावले कानको जाली फेर्न नसेका बिरामीलाई मध्यनजर गर्दै यही भाद्र ५ गतेदेखि १५ गतेसम्म निःशुल्क कानको जालीको अप्रेशन गर्न लागेको हो ।

अस्पतालका वरिष्ठ नाक,कान तथा घाँटी रोग विशेषज्ञ डा. डिआर कँडेलले १८ वर्ष भन्दा माथि र ५० वर्ष भन्दा तलका बिरामीले सो समयमा आई उक्त सेवाको मौका लिई लाभ उठाउन अनुरोध गरे । 

डा= कँडेलका अनुसार उक्त अप्रेशन बेहोस नगरीकन गरिने तथा जाँच गर्दा कानको जाली पूर्ण रुपमा सुख्खा हुनुपर्ने बताइएको छ । 

यस्तै उक्त सेवा लिन चाहने बिरामीलाई ओपिडी सेवा, अप्रेशन सेवा निःशुल्क रहेको छ भने ल्याबमा २५ प्रतिशत सम्म छुट रहेको अस्पतालले जनाएको छ । उक्त सेवाबारे थप जानकारी लिनको लागि ९८०१७४३७०७ मा सम्पर्क गर्न सकिनेछ ।

clock बुधबार २८, साउन २०८२ १६:२९

प्रतिक्रिया