प्रचण्डलाई भेट्न पुगे रेशम चौधरी

  सोमबार २९, जेठ २०८० १५:२४

धनगढी । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहल (प्रचण्ड) लाई भेटेका छन्। रेशम र उनकी श्रीमती तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ चौधरीले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन्।   

सोमवार बिहान भएको उनीहरूबीचको भेटवार्तामा सुदूरपश्चिम प्रदेश सरकारमा नागरिक उन्मुक्तिको सहभागिता सरकारल र समसायिक राजनीतिकलगायत विषयमा छलफल भएको बताइएको छ। 

रेशमले प्रचण्डसँग पूर्वसहमति अनुसार सुदूरपश्चिम सरकारमा दुईमन्त्री र एक राज्यमन्त्री दिन माग गरेका छन्। जवाफमा प्रधानमन्त्री प्रचण्डले भएको सहमतिअनुसार नै मन्त्रालय उपलब्ध गराउने प्रतिबद्धता जनाएका बताइएको छ।

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले पछिल्लोपटक ६ जेठमा नाउपालाई बाहिरै राखेर मन्त्रीमण्डल विस्तार गरेका थिए। सुदूरपश्चिममा नागरिक उन्मुक्तिका लागि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मात्र राखएिको छ। नागरिक उन्मुक्तिले दुई मन्त्रालय र एक राज्यमन्त्री माग गर्दै आएको छ।

clock सोमबार २९, जेठ २०८० १५:२४

प्रतिक्रिया