त्रिनगर भन्सारदेखि धनगढीसम्म निशुल्क बस सेवा

  मङ्गलबार २०, जेठ २०८२ १४:४७

कैलाली । यातायात व्यवसायीहरुको आन्दोलनका कारण समस्यामा परेका यात्रुहरुको सजिलोको लागि निशुल्क बस सेवा सञ्चालन गरिएको छ । 

सुन्दर सुदूरपश्चिम यातायात प्रालिले धनगढीस्थित कैलाली भन्सारदेखि धनगढी बसपार्कसम्म दुई ओटा बसमार्फत निशुल्क सेवा सञ्चालन गरेको प्रालिका अध्यक्ष पदम सापकोटाले जानकारी दिए । 

भारतबाट आउने नेपालीलाई सार्वजनिक यातायात बन्दको जानकारी नभएको देखिएपछि निशुल्क बस सेवा सञ्चालन गरिएको बताए । सुदूरपश्चिममा यातायात व्यवसायी र मजदुरको आन्दोलाका कारण सार्वजनिक यातायात दुई दिनदेखि ठप्प छ । 

गण्डकी प्रदेश सरकारले रातो नम्बर प्लेटका दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे निजी सवारी साधनले पनि यात्रु ओसारपोसार गर्ने पाउने गरी ऐन ल्याएपछि त्यसको विरोधमा देशभरका यातायात व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन् । 

clock मङ्गलबार २०, जेठ २०८२ १४:४७

प्रतिक्रिया