धनगढीमा आगलागीबाट मोटरसाइकल जलेर खरानी

  मङ्गलबार २०, जेठ २०८२ ०७:५६

धनगढी । धनगढीमा घरमै पार्किङ गरेको मोटरसाइकलमा आगलागी हुँदा जलेर नष्ट भएको छ ।

धनगढी उपमहानगरपालिका–५ तारानगरस्थित बसन्त कुँवरको घरमा गएराति करिब ८ बजे भएको आगलागीबाट एउटा मोटरसाइकल पूर्ण रूपमा जलेर नष्ट भएको छ।

प्राप्त जानकारीअनुसार घरको परिसरमा पार्किङ गरी राखिएको सुपप्र०१–००९ प ३७५४ नम्बरको मोटरसाइकलमा एक्कासि आगलागी भएको हो।

आगलागीको कारण खुल्न सकेको छैन भने घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

clock मङ्गलबार २०, जेठ २०८२ ०७:५६

प्रतिक्रिया