सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री सोडारी सांसद पदबाट निलम्बन
धनगढी । सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री दीर्घबहादुर सोडारीको सांसद पद निलम्बन हुने भएको छ ।
नेकपा एकीकृत समाजवादी पार्टी संसदीय दलक नेता समेत रहेका सोडारीविरूद्व अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
भ्रष्टाचार मुद्दा दायर भएपछि सोडारी प्रदेश सभा सदस्य पदबाट स्वत: निलम्बन हुने भएका छन् ।
यसरी निलम्बन हुँदा सोडारीले प्रदेश सभा सदस्यका हैसियतमा कुनै पनि काम गर्न पाउने छैनन् भने तलबभत्ता पनि रोकिनेछ । अब सभामुखले सोडारीको पद संवत्: निलम्बन भएको सूचना प्रदेश सभामा सुनाउनुपर्नेछ ।
अख्तियारले सोडारीले सामाजिक विकास मन्त्री, भौतिक पूर्वाधार विकास मन्त्री र मुख्यमन्त्रीका रूपमा कार्यरत भएका बेला अवैध सम्पत्ती आर्जन गरेको ठहर गरेको छ ।
अख्तियारले सोडारीसँग एक करोड ८ लाख ३८ हजार ३०२ रूपैयाँ बिगो असुल उपर गरि अवैध रूपमा कमाएको सम्पत्ती जफत गर्नुपर्ने माग दाबी पेश गरेको छ ।
यस्ताे छ अख्तियारकाे माग दाबी
प्रतिक्रिया