कैलालीमा १८ वर्षीया किशोरीमाथि करणी, एक जना पक्राउ

  सोमबार १९, जेठ २०८२ १६:३१

धनगढी । कैलालीको टीकापुर नगरपालिका–१, वनगाउँ दक्षिण पुरूवाका २३ वर्षीय ओमप्रकाश घर्ती मगरलाई जबरजस्ती करणीको अभियोगमा प्रहरीले पक्राउ गरेको छ।

१८ वर्षीया किशोरीमाथि करणी गरिएको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले सोमवार बिहान उनलाई नियन्त्रणमा लिएको हो।

हाल मगरलाई हिरासतमा राखेर घटनासम्बन्धी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। पीडित किशोरीको स्वास्थ्य परीक्षण समेत गराइएको छ। घटनाको थप विवरण सङ्कलन भइरहेको छ।

clock सोमबार १९, जेठ २०८२ १६:३१

प्रतिक्रिया