कैलालीबाट अफिम सहित २ जना पक्राउ
धनगढी । कैलालीबाट प्रहरीले अफिम सहित २ जनालाई पक्राउ गरेको छ । आइतबार लम्की–चुहा नगरपालिका – ३ चिसापानीमा रहको प्याराडाईज होटलको कोठामा बसेका जुम्ला गुठीचौर गाउँपालिका –४ का ३८ वर्षीय मेघराज खत्री र जाजरकोट बारेकोट गाउँपालिका – ३ का ३२ वर्षीय भक्त बहादुर शाही पक्राउ परेका हुन ।
उनीहरूको साथबाट १ किलो ७०६ ग्राम अफिम (लागु औषध) बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रहरीका अनुसार होटलको कोठामा शङ्कास्पद रूपमा दुई जना व्यक्तिहरू बसिरहेका छन् भन्ने विशेष सूचनाको आधारमा लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय चिसापानी कैलालीबाट खटिएको संयुक्त प्रहरी टोलीले खानतलासी गर्दा उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय लम्कीको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया