कैलालीको जवलपुरमा आगोले जलेर वृद्धको मृत्युु

  सोमबार १९, जेठ २०८२ ०९:३९

 

धनगढी । कैलालीमा आगोले जलेर एक जनाको मृत्यु भएको छ । जिल्लाको गौरीगंगा नगरपालिका–१०, जवलपुरमा गएराति भएको आगलागीमा एक वृद्धको मृत्यु भएको छ।

स्थानीय ४६ वर्षीय अनिल चौधरीको दुईतले काठले बनेको खरले छाएको कच्ची गोठको माथिल्लो तलामा सुतेका उनका बुबा अन्दाजी ७२ वर्षीय कुक्रु डगौरा थारुको आगलागीका कारण जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रहरीका अनुसार आगलागी आज बिहान २:१० बजे तिर भएको हो। इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरी टोली खटिई :३स्१५ बजे घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएको थियो।

आगलागीबाट अन्य पशुचौपाया तथा वस्तुहरूको क्षति नभएको प्रहरीले जनाएको छ। आगलागीको कारण खुल्न नसकेकोले अनुसन्धानका लागि ईप्रका मालाखेतीबाट प्रहरी निरीक्षकको कमाण्डमा अनुसन्धान टोली खटिएको छ।

clock सोमबार १९, जेठ २०८२ ०९:३९

प्रतिक्रिया