धनगढीमा २२ गते सार्वजनिक बिदा

  आइतबार १८, जेठ २०८२ १९:३२

धनगढी । कैलालीको धनगढीमा २२ गते सार्वजनिक बिदा दिइएको छ । धनगढी उपमहानगरपालिकाको कार्यपालिका बैठकले गरेको निर्णयअनुसार २२ गते सार्वजनिक बिदा हुने भएको हो ।

 

उपमहानगरपालिकाले सूचना जारी गर्दै गंगादशहरा पर्वको अवसरमा बिदा दिइएको जानकारी दिएको छ ।

 

गंगादशहरामा धनगढीकि बेहडाबाबा मन्दिरमा मेला लाग्दै आएको छ । बेहडाबाबा मेलामा नेपालसंगै भारतबाट पनि ठूलो संख्यामा भक्तजन पुग्ने गरेका छन् ।

 

उपमहानगरपालिकाले २२ गते सम्पूर्ण सरकारी कार्यालय, शिक्षण संस्था लगातमा बिदा हुने जनाएको छ ।

clock आइतबार १८, जेठ २०८२ १९:३२

प्रतिक्रिया