नेपाली युवा उद्यमी मञ्च कैलालीको अध्यक्षमा दहाल
कैलाली । नेपाली युवा उद्यमी मञ्च कैलालीको अध्यक्षमा अच्युत दहाल सर्बसम्मत चयन भएका छ्न । मञ्चको ८ औं साधारण सभाले दहालको अध्यक्षतामा ११ सदस्यीय समिति सर्बसम्मत चयन गरेको हो ।
सुदुरपश्चिम प्रदेश सरकारका आर्थिक मालिला राज्यमन्त्री माननीय प्रकाश बहादुर बमको प्रमुख आतिथ्यमा भएको साधारण सभाले निबर्तमान अध्यक्ष तर्कराज भट्ट, प्रथम उपाध्यक्षमा आयुश हमाल, द्वितिय उपाध्यक्षमा आशिष शाहलाई चयन गरेको छ ।
त्यस्तै, सदस्यहरुमा भरत श्रेष्ठ, आयुश मोहपाल, बिरेन्द्र भट्ट, श्रवण भट्ट, आदित्य हमाल, गोबिन्द बोहरा र प्रीतम करिया निर्बिरोध चयन भएका छन ।
साधारण सभामा मञ्चका संस्थापक अध्यक्ष एबम कैलाली उधोग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष पुष्कर ओझा, हिरा भण्डारी, रोशन भट्ट लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया