टीकापुरको क्याफेमा कफी पिइरहेका युवकमाथि खुकुरी प्रहार, कोहलपुर रेफर
धनगढी । कैलालीको टीकापुरमा एक युवकमाथि खुुकुरी प्रहार भएको छ । टीकापुर नगरपालिका–१ का ३१ वर्षीय टेकेन्द्र सिंह विष्टमाथि बिहीबार दिउँसो घर नजिकैको क्याफेमा कफी पिइरहेका बेला खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुुमार सिंहले खुकुरी प्रहारबाट घाइते भएका विष्टको टाउको र छातीमा चोट रहेको जानकारी दिए । उनकाअनुुसार टीकापुरमा समान्य उपचारपछि विष्टलाई थप उपचारका लागि कोहलपुर मेडिकल कलेज पठाइएको छ ।
विष्टले क्याफेमा कफी पिइरहेको अवस्थामा दुई जनाले उनीमाथि खुकुरी प्रहार गरेको बुझिएपनिकपी पेष्ट गर्न अपराध हो (प्रेसपत्र उनीहरुको पहिचान भने भएको छैन । दुवै जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
घटनापछि कैलालीका प्रमुख प्रहरी उपरीक्षक९एसपी० बाल नरसिंह राणा आफैं अनुुसन्धानमा खटिएका छन् । राणा घटनाको अनुसन्धानका लागि टीकापुुर पुगेका छन् ।
प्रतिक्रिया