अर्थमन्त्रीले कुन मन्त्रालयलाई कति बजेट दिए ?
काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारका निकायहरूलाई १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बजेट विनियोजन गरेका छन् ।
मन्त्रालयगत हिसाबले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सबैभन्दा बढी २ खर्ब ११ अर्ब रुपैयाँ विनियोजन गरिएको छ । गत वर्ष यो मन्त्रालयले २ खर्ब ३ अर्ब ६६ करोड रुपैयाँ बजेट विनियोजन भएको थियो ।
शिक्षापछि गृह मन्त्रालयले २ अर्ब ८ अर्ब रुपैयाँ विनियोजन अनुमान प्राप्त गरेको छ । तेस्रोमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले १ खर्ब ५२ अर्ब रुपैयाँ बजेट प्राप्त गरेको छ ।
खर्बभन्दा बढी बजेट पाउनेमा शहरी विकास मन्त्रालय पनि अटाएको छ । यो मन्त्रालयका लागि अर्थमन्त्री पौडेलले एक खर्ब १८ अर्ब रुपैयाँ विनियोजन गरिदिएका हुन् ।
बजेटको सबैभन्दा ठूलो हिस्सा भने अर्थ मन्त्रालयले आधा दर्जन शीर्षकमा आफैँसँग राखेको छ ।
मन्त्रालयगत कुल व्यय अनुमान :
प्रतिक्रिया