कैलालीबाट ४२ लाखको अवैध सामानसहित एक जना पक्राउ

  बिहिबार १५, जेठ २०८२ १७:३१

धनगढी । कैलालीको अत्तरियाबाट प्रहरीले ४२ लाख ९७ हजार ५ सय बराबरको अवैध सामान सहित एक जनालाई पक्राउ गरेको छ।

बिहीबार गोदावरी नगरपालिका– २ वीर बहादुर साउदको घरमा कोठा गरी बस्ने डडेल्धुरा आलीताल गाउँपालिका– ४ का ३२ वर्षीय मान बहादुर वली पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय मालाखेतीका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक रण बहादुर चन्द र जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरी नायब निरीक्षक गजेन्द्र बहादुर चन्दको कमान्डमा खटिएको प्रहरी टोलीले उनी बस्ने कोठामा चेक जाँच गर्दा भन्सार छलीका २ हजार ८२५ थान मोबाइलका डिस्प्ले बरामद गरेको हो। 

प्रहरी नायब उपरीक्षक चन्दले बरामद गरिएको सामान सहित पक्राउ परेका वली नियन्त्रणमा लिई भन्सार कार्यालय बुझाउने तयारी गरिरहेको बताएका छन्।

clock बिहिबार १५, जेठ २०८२ १७:३१

प्रतिक्रिया