दृष्टि फाउन्डेसनलाई प्रेस चौतारी कैलालीले गर्यो खाद्यान्न सहयोग
धनगढी । प्रेस चौतारी नेपाल कैलालीले दृष्टि फाउन्डेसनलाई खाद्यान्न लगायतका समान सहयोग गरेको छ।
बिहीबार परेको गणतन्त्र दिवसको अवसरमा प्रेस चौतारी जिल्ला समितिले धनगढी उपमहानगरपालिका–१३ कैलाली गाउँमा रहेको दृष्टि फाउन्डेसनलाई खाद्यान्न सहयोग गरेको हो।
संगठनका जिल्ला अध्यक्ष जनक सिंह विष्टसहित चौतारीका जिल्ला, प्रदेश र केन्द्रीय समितिका नेताहरूको उपस्थितिमा फाउन्डेसनलाई चामल, दाल, नुन, तेल, मसला लगायतका समान हस्तान्तरण गरेको जिल्ला सचिव दिनेश विष्टले जानकारी दिए।
कार्यक्रममा संगठनका केन्द्रीय सदस्यहरू दिलबहादुर छत्याल, हरि जोशी, सरस्वती साउद, पूर्व सुदूरपश्चिम सहइन्चार्ज गोविन्द रोस्यारा, प्रदेश उपाध्यक्ष मीन ठकुरी, महासचिव भानुभक्त आचार्य, पत्रकार महासंघका महासचिव शिवराज भट्टको सहभागीता थियोे । छत्याल चौतारीका प्रदेश इन्चार्ज हुन्।
यस्तै, जिल्ला सचिव दिनेश विष्ट, सहसचिव ध्रुव ओझा, कोषाध्यक्ष जीवन विष्ट, सदस्य पूर्ण साउद, साधारण सदस्य हरिश भट्ट लगायतको सहभागीता थियो।
फाउन्डेसनलाई समान हस्तान्तरण गर्दै अध्यक्ष जनक सिंह विष्टले गणतन्त्र स्थापना भएको खुसी दृष्टि फाउन्डेसनमा आश्रित बेसहाराहरूसँग साट्न पाउँदा हर्षित भएको बताए।
उनले संगठनको सामाजिक उत्तरदायित्व तथा मानवीय धर्म अन्तरगत खाद्यान्न सहयोग गरेको बताउँदै सबैलाई धन्यवाद दिएका छन्।
संगठनले अगामी दिनमा समेत रचनात्मक काम गर्ने प्रतिबद्वता व्यक्त गरिएको छ।
प्रतिक्रिया