फाप्ला क्रिकेट रंगशाला निर्माणका लागि बजेट विनियोजन
धनगढी । कैलालीको फाप्ला क्रिकेट रंगशाला निर्माणका लागि बजेट विनियोजन भएको छ । सरकारले आगामी आर्थिक वर्षमा फाप्ला क्रिकेट रंगशाला निर्माणका लागि बजेट विनियोजन गरेको जनाएको हो ।
बिहिबार आगामी आर्थिक वर्ष २०८२र०८३ को निति कार्यक्रम र बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले देशका ४ वटा रंगशाला निर्माणका लागि बजेट विनियोजन गरिएको जानकारी दिए ।
उनका अनुसार कैलालीको फाप्ला क्रिकेट रंगशाला सहित काठमाण्डौको मुलपानी क्रिकेट रंगशाला, मोरङको गिरिजाप्रसाद क्रिकेट रंगशाला र रुपन्देहीको सिद्धार्थ क्रिकेट रंगशाला निर्माण गर्न ४२ करोड विनियोजन गरिएको छ ।
प्रतिक्रिया