सुदूरपूर्वका राई सुदूरपश्चिममा सम्मानित
धनगढी । सुदूरपर्व धरानका भीमज्वाला राईलाई सुदूरपश्चिम धनगढीमा सम्मान गरिएको छ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष राईलाई गतिशील नेताका रुपमा बुधबार धनगढीमा सम्मान गरिएको हो ।
श्रम आन्दोलनका गतिशील ज्वाला मजदुर आन्दोलनसंगै पत्रकारिता, साहित्य र सामाजिक विभेद र असहायहरुको सेवामा समर्पित रहेको भन्दै सम्मान गरिएको हो । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन एयरपोर्ट इकाई धनगढीको दोस्रो अधिवेशनको अवसरमा सम्मान गरिएको हो । राईलाई नेपाल प्रहरी सुदूरपश्चिम प्रदेशका एसएसपी तथा कार्यक्रमका विशिष्ठ अतिथि प्रकाश मल्लले सम्मान गर्नुभएको हो ।
सो अवसरमा राई सहित जिफन्ट प्रदेश अध्यक्ष जितबहादुर मल्ललाई कुशल संगठन सम्मान, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ प्रदेश संयोजक टेकराज जोशीलाई दूरदर्शी व्यवसायी नेतृत्व सम्मान र सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदमराज सापकोटालाई संरक्षक सम्मानबाट विभूषित गरिएको हो ।
सम्मानित व्यक्तित्वहरुलाई दोसल्ला ओढाएर सम्मानपत्र पूदान गरिएको थियो ।
अधिवेशनले भानदेव पनेरुको अध्यक्षतामा ११ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको छ । कमिटीको उपाध्यक्ष कृष्ण खड्का, सचिव गणेश खत्री, सहसचिव तेजबहादुर थारु, कोषाध्यक्ष गोविन्द खत्री चयन हुनुभएकोछ ।
त्यस्तै सदस्यहरुमा राजु खत्री, चक्र चौधरी, पुष्पराज ओझा, भागीराम राना, अजव चौधरी र दिपक बस्याल सर्वसम्मत चयन हुनुभएको छ ।
प्रतिक्रिया