त्रिभुवन माविलाई सहयोग गर्ने लाल बहादुरलाई बाजागाजा सहित बजार परिक्रमा

  बुधबार १४, जेठ २०८२ १८:२२

धनगढी । धनगढी त्रिभुवन माध्यमिक विद्यालयलाई सहयोग गर्ने फौँदार लाल बहादुर साउदलाई बाजागाजा सहित परिक्रमा गरिएको छ । त्रिभुवन माविमा भौतिक संरचना निर्माणमा सहयोग गर्ने फौँदार लाल बहादुरलाई स्कुलले धनगढी बजार परिक्रमा  गराएको हो । 

फौँदार लाल बहादुरले त्रिभुवन माविमा २ तलाको एक पक्ककी भवनका साथै सरस्वती माताका मन्दिर निर्माण गरेका सहयोग गरेका हुन । उनले आफनै लगानीमा भुईतामा ३ कोठा र माथि हल कोठा अनि सरस्वती माताका मन्दिर निर्माण गरे आज स्कुललाई हस्तान्तरण गरेका हुन ।

त्रिभुवन माध्यमिक विद्यालयका प्राचार्य सिताराम अवस्थिते लाल बहादुरको सम्मानका लागि बजार परिक्रमा गरेको बताए । प्राचार्य अवस्थिते सरस्वती माताका मन्दिरमा मूर्तिको प्राणप्रतिष्ठा गरिनुका साथै उद्घाटन गरिएको बताए । 

 

clock बुधबार १४, जेठ २०८२ १८:२२

प्रतिक्रिया