धनगढी लेडी जेसिजको वर्ष २०२६ का लागि पार्वती भट्ट जोशी अध्यक्षमा निर्वाचित
धनगढी । धनगढी लेडी जेसिजको वार्षिक साधारण सभा तथा बाह्रौँ शाखा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट वर्ष २०२६ का लागि अध्यक्ष पदमा जेसी पार्वती भट्ट जोशी सर्वसम्मत रूपमा निर्वाचित भएकी छन्।
अधिवेशनले नयाँ कार्यसमिति समेत सर्वसम्मत रूपमा चयन गरेको छ । जसअनुसार कार्यकारी उपाध्यक्षमा कल्पना खड्का र खगेश्वरी पाण्डेय, उपाध्यक्षमा डम्मरा खड्का, मञ्जु भट्ट, कोपिला कुँवर र रमा चन्द, कोषाध्यक्षमा सन्ध्या आचार्य शर्मा, महासचिवमा रक्षा मल्ल तथा कानुनी सल्लाहकारमा सम्झना खड्का चयन भएकी छन्।
नव–निर्वाचित अध्यक्ष पार्वती भट्ट जोशीले लेडी जेसिजमार्फत महिला नेतृत्व विकास, सामाजिक सेवा, व्यक्तित्व विकास तथा समुदाय केन्द्रित कार्यक्रमलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिन्।
उनले सम्पूर्ण सदस्यहरूको सहयोग र सहकार्यबाट संस्थालाई थप सशक्त बनाउने विश्वास व्यक्त गरिन्। अधिवेशनमा लेडी जेसिजका पूर्व अध्यक्षहरू, सदस्यहरू तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
प्रतिक्रिया