अत्तरियामा रहेको डीडीसीको कारखानामा तालाबन्दी

  बुधबार १४, जेठ २०८२ १७:४१

 

अत्तरिया । कैलालीको अत्तरियामा रहेको धनगढी दुग्ध वितरण आयोजना ९डीडीसी० को कारखानामा तालाबन्दी गरिएको छ । यसअघि डीडीसीको कार्यालयमा तालाबन्दी गरेका स्थानीयहरुले बुधबार कारखानामा तालाबन्दी गरेका हुन ।

डीडीसी धनगढी सार्न लागिएको भन्दै कार्यालयमा तालाबन्दी गरेको एक हप्ता भैसक्दा पनि समन्वय र छलफलका लागि डीडीसीका तर्फबाट चासो नै नदिएको भन्दै कारखानामा पनि तालाबन्दी गरिएको बताइएको छ ।

डीडीसी अत्तरियामै राख्नका लागि गठन गरिएको संघर्ष समिती संयोजक लोकराज पान्डेय आगो ले पहिलो दिन २ घन्टाका लागि कारखानामा तालाबन्दी गरिएको बताए । उनले माग पूरा नभए बिहिबार ९भोलि० विहान ९स्३० देखि एक घण्टा चक्का जाम गर्ने र कारखानामा पुर्ण रुपमा ताला लगाईने समेत बताए ।

clock बुधबार १४, जेठ २०८२ १७:४१

प्रतिक्रिया