कञ्चनपुरको बेलौरीमा बैशाखीका गोपाल उखुबारीमा भेटिए मृत

  बुधबार १४, जेठ २०८२ ०६:३६

कञ्चनपुर । कञ्चनपुरमा एक जना युवक उखुबारीमा मृत अवस्थामा भेटिएका छन्। बेलौरी नगरपालिका–१ बैशाखीका २९ वर्षीय गोपाल लुहार मंगलबार साँझ मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालयकाअनुसार लुहार आफ्नै घरबाट करिब पाँच सय मिटर टाढा रहेको उखुबारीमा मृत अवस्थामा भेटिएका हुन्।

घटनाबारे खबर पाएपछि प्रहरी टोली घटनास्थलमा पुगेको र प्रारम्भिक अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

clock बुधबार १४, जेठ २०८२ ०६:३६

प्रतिक्रिया