राष्ट्रिय युवा संघमा सुदूरपश्चिमबाट उपाध्यक्षमा विनय र सचिवमा अरुण सहित  १६ जना निर्वाचित

  बुधबार १४, जेठ २०८२ ०६:००

धनगढी । सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय युवा संघको केन्द्रीय कमिटीमा दुई पदाधिकारीसहित १६ जना निर्वाचित भएका छन् ।

मंगलबार पोखरामा सम्पन्न भएको १०औं राष्ट्रिय महाधिवेशनबाट उपाध्यक्ष र सचिवसमेतका १६ जना निर्वाचित भएका छन् ।

उपाध्यक्षमा विनय शाह र सचिवमा अरुण कुँवर विजयी हुँदा केन्द्रीय सदस्यमा पनि १४ जना विजयी भएका छन् ।

को(को भए सदस्यमा निर्वाचित ?
प्रदेश जिल्लागत खुला तर्फ
१. कैलाली( अभिषेक लोकनाथ
२. कंचनपुर – रोहित जङ्ग कुवर
३. डडेल्धुरा – भरत मल्ल
४. डोटी – दिपेन्द्र खड्का
५. बझाङ( संसार बहादुर खड्का
६. बाजुरा – मिलन जङ्ग ऎडि
७. बैतडी – रमेश बोहरा
८. दार्चुला – कोमल राज बिष्ट
९. अछाम – बखत बहादुर शाही

प्रदेश महिला तर्फ
१०.  कल्पना ओझा
११.  श्रेया राज्यलक्ष्मी सिंह
१२.  सावित्री बिष्ट
१३. चादनी बुढा
१४. सुस्मिता कार्की

clock बुधबार १४, जेठ २०८२ ०६:००

प्रतिक्रिया