जाखोरतालबाट लागुऔषधसहित २ जना पक्राउ
धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–७ जाखोरतालबाट लागुऔषधसहित २ जना पक्राउ परेका छन।
धनगढी उपमहानगरपालिका–७ का २७ वर्षीय लाला चौधरी र ३४ वर्षीय राजु चौधरी लागुऔषधसहित पक्राउ परेका हुन्। नेपाल प्रहरीले उनीहरुको साथबाट २ सय ८० मिलिग्राम लागुऔषध फेला पारेको बताएको छ।
जिल्ला प्रहरी कार्यालय, कैलालीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई लागुऔषधसहित पक्राउ गरेको हो। कैलाली प्रहरीले उनीहरूको विषयमा थप अनुसन्धान गर्दै छ।
प्रतिक्रिया